२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालले बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने



काठमाडौं । नेपाल र बंगलादेश बीच हुने दुई वटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा हुने भएको छ।आगामी नोभेम्बर १३ र १७ (कात्तिक २८ र मंसिर २) मा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल गरिने भएको हो।

बंगलादेश फुटबल फेडेरेसनले खेलको मिति तय गर्दै प्रारम्भिक टिम समेत घोषणा गरेको छ।बंगलादेशले नेपालविरुद्धको खेलका लागि पहिलो चरणको प्रशिक्षणमा ३६ जना खेलाडीलाई बोलाएको छ।

गत चैत महिनादेखि बन्द भएको प्रशिक्षण यसअघि भदौ १ गतेदेखि खुला गर्ने सरकारले निर्णय गरेपनि काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण ह्वात्तै बढेपछि फुटबलको प्रशिक्षण रोकिएको थियो।एन्फाले प्रशिक्षण सुरु गराउन भन्दै खेलाडीलाई क्वारेन्टिनमा राखेको थियो। सो क्रममा खेलाडीहरुको पिसिआर परीक्षण समेत गरिएको थियो।

त्यतिबेला फिफा विश्वकप र एसियन कप छनोट पनि स्थगित भएपछि एन्फाले पिसिआर गरेर क्वारेन्टिनमा राखेका खेलाडीलाई घर जान अनुमति दिएको थियो।अब फेरि एन्फाले स्वास्थ्य प्रोटोकल पालना गर्दै दसैंबिदा सकिएपछि मैत्रीपूर्ण खेलका लागि अभ्यास सुरु गर्नेछ।

प्रकाशित मिति : २०७७, ५ कार्तिक बुधबार ००:००  २ : २८ बजे