२०८१, २० बैशाख बिहीबार | Thu May 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खर्चमा सुधार ल्याउँछु : अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले पूँजीगत खर्चको कमजोर अवस्थामा उल्लेख्य सुधार ल्याउने बताएका छन् ।

महामारी र कतिपय नीतिगत प्रबन्धका कारण पुँजीगत खर्च बढ्न नसकेको भन्दै उनले महामारी सामनाको अलग्गै रणनीति बनाउने र नीतिगत व्यवस्थामा सुधार गरेर खर्च बढाउने बताएका हुन् ।

शनिबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै मन्त्री पौडेलले कतिपय नियम र प्रबन्धले पूँजीगत खर्चमा बाधा सिर्जना गरेको भन्दै त्यसलाई सुधार गर्ने बताएका छन् ।

बन्दाबन्दीका कारण आर्थिक गतिविधिमा संकुचन आउँदा पनि चालु आर्थिक वर्षको पहिलो त्रैमासमा राजस्व संकलन सन्तोषजनक देखिएको भन्दै मन्त्री पौडेलले राजस्वको लक्ष्यको नजिक पुग्ने सम्भावना देखिएको बताए ।

प्रकाशित मिति : २०७७, ८ कार्तिक शनिबार ००:००  ६ : ३१ बजे