काठमाडाैं । संविधान सभा सदस्य मानपुर चौधरीको कोरोना संक्रमण पुष्टि भएर मृत्यु भएको छ ।
सप्तरीको कंचनरुप नगरपालिका ४ जगतपुर निवासी संविधानसभा सदस्य चौधरीको उपचारका क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार मृत्यु भएको हो ।
चौधरी २०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा सप्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए ।