नेपाली कांग्रेसका युवा नेता तथा पूूर्व सभाषद् रामहरि खतिवडा गाउँमा गुुर्जो खेती विस्तारमा लागेका छन् । राजधानीबाट गुर्जोका विरुवा बोकेर दशैं मनाउन गृह जिल्ला ओखलढुंगा आएका नेता खतिवडाले मानेभञ्ज्या?ङ गाउँपालिकाका सबै वडामा गुर्जो खेती विस्तारका लागि विरुवा वितरण गरेका हुन् ।
रोगप्रतिरोधात्मक क्षमता बढाउने जडिबुटीका रुपमा लिइने गुर्जो कोरोनाबाट बच्नका लागि समेत उपयोगी हुने भएकाले मानेभञ्ज्या?ङ गाउँपालिकामा २७ सय र सुनकोशी र सिद्धिचरणका विभिन्न वडामा ३ सय गरेर ३ हजार विरुवा रोपिने खतिवडाले बताए । गुर्जो खेती विस्ताका लागि गाउँपालिकाका ९ वटै वडामा ३÷३ सयका दरले २७ सय र बाँकी ३ सय विरुवा सुनकोशीको कटुुञ्जे लगायतका गाउँमा रोप्नेगरि वितरण गरिएको उनको भनाई छ । ‘गुर्जो निकै नै उपयोगी जडिबुुटी रहेछ । हावापानी पनि यसका लागि हाम्रो गाउँघर राम्रो भएकाले मागेर खाने होइन खेती विस्तार गरेर उब्जाउ गराउने उद्देश्यले स्थानीय तहका जनप्रतिनिधि मार्फत गाउँ गाउँमा गुुर्जोका विरुवा पठाएँ ।’ खतिवडाले भने,‘अहिले म गाउँ गाउँमा कोरोनाको कहर झेलिरहेका जनताका बीचमा छुु । कोरोनाको ओखती छैन बरु स्वस्थ रहौं । जडिबुुटीमै बल गरौं भनेर काठमाडौंको नर्सरीबाटै गुुर्जोका विरुवा ल्याएर गाउँमा रोप्नका लागि दिएँ ।’ गाउँपालिका अध्यक्ष मोतीराज राईलाई नेता खतिवडाले गाउँपालिकाका सबै वडामा जडिबुडी खेती गर्न सुुझाव दिंदै विरुवा वितरण गरेका छन् ।
गाउँपालिका अध्यक्ष मोतीराज राईले सबै नागरिकलाई स्वस्थ रहन र रोग प्रतिरोधात्मक क्षमता बढाउन जडिबुटिजन्य पदार्थको सेवन गर्ने बानीको विकास गराउन आफुहरु लागेको बताए । कोरोनाबाट बच्न समेत गुर्जो उपयोगी हुने भनिएपछि गुुर्जो खोजेर सेवन गर्नेको लहर नै चलेको छ ।












