२०८२, १ श्रावण बुधबार | Wed Jul 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भिटेनको गीत संशोधनपछि पुनः रिलिज हुने




काठमाडौं । भिटेनको नयाँ गीत ’पारा’ संशोधनपछि पुनः रिलिज गरिने भएको छ।

शनिबार एक विज्ञप्ति जारी गर्दै भिटेनले कार्तिक ८ गते रिलिज भएको आफ्नो गीतको शब्दका कारण विभिन्न निकाय र व्यक्तिप्रति ठेस पुग्न गएको गुनासो आएकाले कार्तिक १३ गते सो गीत आधिकारिक च्यानलबाट हटाइएको र गीत संशोधन गर्दै प्रकाशित गर्ने जनाएको छ।

विज्ञप्तिमा गीतबाट असुविधा पुगेका सम्बन्धितहरू निकायहरूसँग उनले माफी मागेका छन्।
त्यसैगरी पहिले रिलिज गरिएको गीतलाई अनिधिकृतरूपमा अपलोड नगर्न आग्रह समेत विज्ञप्तिमा गरिएको छ।

प्रहरीले गीतलाई लिएर आफूमाथि कारवाही गर्ने तयारी गरेपछि भिटेनको उक्त गीत बिहीबार साँझ प्राइभेट बनाइएको थियो।

प्रकाशित मिति : २०७७, १६ कार्तिक आइतबार ००:००  ११ : २३ बजे