२०८२, ३० मंसिर सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विप्लव समूहकी ललितपुर जिल्ला सेक्रेटरीअधिकारी पक्राउ



काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका ललितपुर सेक्रेटरी सावित्रा अधिकारी ‘बिदुषी’ लाई प्रहरीले पक्राउ गरेको छ । अधिकारीलाई शनिबार ललितपुरको पाटनबाट प्रहरीले पक्राउ गरेको हो ।

विप्लव समूह ललितपुरका ४१ वर्षीय डिसीएम सानुराजा बज्राचार्य (श्याम) लाई विस्फोटक पदार्थसहित ललितपुर प्रहरीले पक्राउ गरेको प्रकरणमा सेक्रेटरी अधिकारीले एक विज्ञप्ति जारी गर्दै ललितपुरका एसएसपी टेकप्रसाद राईलाई धम्क्याएकी थिइन् ।

एएसपी राईविरुद्ध वक्तव्य जारी गरेको र विस्फोटक पदार्थ बनाउने कार्यमा संलग्न रहेको आरोपमा सेक्रेटरी अधिकारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सेक्रेटरी अधिकारीविरुद्ध ललितपुर परिसरमा विस्फोटक पदार्थ सम्बन्धी मुद्दा विचाराधिन अवस्थामा रहेको ललितपुरका प्रहरी प्रमुख एसएसपी राईले बताए ।

प्रकाशित मिति : २०७७, १६ कार्तिक आइतबार ००:००  ११ : ३८ बजे