२०८१, १९ बैशाख बुधबार | Wed May 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फूलको उत्पादनमा नेपाल आत्मनिर्भर



काठमाडौं । यो वर्षको तिहारमा करिब १० लाख मालाको माग घट्ने भएको छ । फ्लोरिकल्चर एशोसिएसन अफ नेपालले यो वर्ष सयपत्री फूलको माग १२ देखि १५ लाखको हाराहारीमा हुनसक्ने अनुमान गरेको हो । अघिल्लो वर्षको तिहारमा २५ लाख मालाको माग रहेको एशोसिएसनको तथ्यांक छ । त्यसमध्ये साढे २२ लाख मालाको उत्पादन आन्तरिक बजारबाट गरिएको थियो । साढे २ लाख माला भने भारतीय बजारबाट आयात गरिएको थियो ।

एशोसिएसन अध्यक्ष कुमार कसजुले यो वर्षको तिहार अघिल्लो वर्षजस्तो रौनक नभएको भन्दै तिहारको पुष्प व्यापार ४० प्रतिशतसम्म कमी आउनसक्ने बताए । ‘यो वर्षको दशैं तिहारमा पहिलेजस्तो रौनक छैन । त्यसैले बजार ४० प्रतिशतसम्म घट्नसक्ने अनुमान गरेका छौं । अघिल्लो वर्ष सयपत्री र मखमली फुलको मालाको माग करिब २५ लाख थियो । यो वर्ष १२ देखि १५ लाखसम्म मात्रै डिमान्ड हुने सम्भावना छ,’ कसजुले भने । यो वर्ष मखमली र सयपत्री फूलको मालाको मागमा उत्तिकै घट्नसक्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २०७७, १६ कार्तिक आइतबार ००:००  ११ : ५८ बजे