२०८३, २० बैशाख आइतबार | Sun May 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नायिका काजलले गरिन् गौतमसँग बिबाह



बलिउड तथा साउथ चलचित्रकी सफल नायिका काजल अग्रवाल वैवाहिक जीवनमा बाँधिएकी छिन् । उनले, शनिबार आफ्ना प्रेमी गौतम किचलुसँग बिबाह गरेकी हुन् । उनीहरुले मुम्बइको एक होटलमा बिहे गरेका थिए । बिहेपछि काजल आफैले सामाजिक संजालमा बैबाहिक समारोहका तस्वीर शेयर गरिरहेकी छिन् ।

बिहेमा काजलले ब्राइड रेड लेहेंगा लगाएकी थिइन् । बिहे भन्दा अगाडि संगीत सेरेमोनीको आयोजना गरिएको थियो, जहाँ काजलसँग गौतमका साथीहरुले नृत्य प्रस्तुत गरेका थिए । बिहेपछि गौतम र काजल मुम्बइमा रहेको नयाँ घरमा सिफ्ट हुने तयारीमा छन् ।

प्रकाशित मिति : २०७७, १६ कार्तिक आइतबार ००:००  १२ : ११ बजे