२०८२, २९ चैत्र आइतबार | Sun Apr 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ललितपुरमा साढे ११ लाखसहित १८ जुवाडे पक्राउ




ललितपुरबाट साढे ११ लाख रुपैयाँसहित १८ जना जुवाडे पक्राउ परेका छन्।

प्रहरी निरीक्षक श्यामकुमार कट्वालको नेतृत्वमा खटिएको प्रहरीले शनिबार राति महालक्ष्मी नगरपालिका-७ चाङ्गाथलीबाट १८ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा ४३ वर्षीय पवन खत्री, ५४ वर्षीय श्याम कायस्थ, महालक्ष्मी नगर–५ का ५४ वर्षीय भुवन रानामगर, बेल बहादुर बुढाथोकी, ४६ वर्षीय विश बहादुर बुढाथोकी, ४३ वर्षीय सन्तोष रानामगर, ४३ वर्षीय दिप श्रेष्ठ, ५४ वर्षीय शंकर बस्नेत, ४५ वर्षीय भरत थापा, ४० वर्षीय राजाराम बस्नेत र ५० वर्षीय राजन महर्जन पनि पक्राउ परेका थिए।

त्यसैगरी, भक्तपुर सूर्यविनायक–२ का ४९ वर्षीय सुरेश पौडेल, ४३ वर्षीय पूर्णकृष्ण श्रेष्ठ, ३६ वर्षीय विकास श्रेष्ठ, ४३ वर्षीय केशव बस्नेत, ५७ वर्षीय मधुसुदन महत छन्।

त्यस्तै, काठमाडौं महानगर–३२ का ४९ वर्षीय गोकुल खड्का पनि पक्राउ परेका छन्।

उनीहरूबाट प्रहरीले ११ लाख ५५ हजार ५ सय ७५ नगद र जुवातास खेल्न प्रयोग गरेको १६ पिस कौडा बरामद गरेको छ।

प्रकाशित मिति : २०७७, १६ कार्तिक आइतबार ००:००  १२ : ४३ बजे