२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ पुग्यो



काठमाडाैं – भारतको गुजरातबाट नेपाल फर्कदै गर्दा बाटोमा मृत्यु भएका अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नम्बर ९ ढिकुराका ३५ वर्षीय युवामा कोरोना संक्रमण पुष्टि भएको छ। भारतको लखनउ आसपास आईपुग्दा उनको गत जेठ १० गते मृत्यु भएको थियो। लखनउबाट बसमा आउँदा आफूलाई छटपटी भएको बताएका उनलाई छाती दुख्ने र बान्ता हुने भएपछि बसमै मृत्यु भएको थियो।

भारतबाट आएको र अचानक स्वास्थ्यमा समस्या आएपछि मृत्यु भएका उनको प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा स्वाव परिक्षण गरिएकोमा कोरोना पोजिटिभ देखिएको अर्घाखाँची जिल्ला अस्पतालका डाक्टर कपिल गौतमले सेतोपाटीलाई जानकारी दिए।

शवलाई कृष्णनगरबाट गएको एम्बुलेन्सले भारतीय सीमा बजार बढनीबाट नेपाल ल्याएको थियो। शवसँगै आएका दुई जनाको रिपोर्ट भने नेगेटिभ आएको डाक्टर गौतमले जानकारी दिए। उनीहरूसँगै अर्घाखाँचीका ८० जनाको समूहमा आएका सबैलाई क्वारेन्टाइनमा राखिएको छ।

भुमिकास्थान-९ का वडाध्यक्ष नारायणप्रसाद खनालले आज कोरोना संक्रमण पुष्टि भएका युवाको शव भने अन्त्येष्टि गरिसकेको छ।

‘हामीले परिवारसँग सल्लाह गरेर सुरक्षाका मापदण्ड अपनाएर उनको शव चार दिनअघि नै गाडिसकेका थियौं, रिपोर्ट आज आएको हो,’ उनले भने।

अहिलेसम्म नेपालमा कोरोनाभाइरसबाट ज्यान गुमाउनेमध्ये पाँच जनाको मृत्युपछिमात्र कोरोना संक्रमण पुष्टि भएको हो। -सेताेपाटी

प्रकाशित मिति : २०७७, १५ जेठ बिहीबार ००:००  ४ : ०१ बजे