सर्लाही । सर्लाहीमा एक बालिकाको बलात्कार प्रयासपछि हत्या गर्ने प्रयास भएको छ ।
जिल्लाको पर्सा गाउँपालिका– ५ कि एक १० बर्षीया बालिकालाई भारतीय युवकले बलात्कारको प्रयास गरेको र बालिकाले प्रतिकार गरेपछि हत्याको प्रयास गरेको पीडित परिवारले बताएको छ ।
शुक्रबार दिउँसो घाँस काटिरहेका बेला भारतको सितामढी घर भएका २७ बर्षीय मुकेश मुखियाले बलात्कारको प्रयास गरेको, बालिका चिच्याएपछि हँसियाले घाँटीमा आक्रमण गरेको र त्यही बेला मोटरसाइकलमा त्यही बाटो आइरहेका एक युवकले बचाएको वडा अध्यक्ष उमेश यादवले बताए ।
तर, बालिका चिच्याउन खोज्दा उनकै हँसिया लिएर उनको हातको बुढी औंला, मुख काट्दै घाँटी पनि रेट्न खोजेको वडा अध्यक्ष यादवले बताए । घाँटी रेट्न खोजेकै समयमा धनकौलतर्फ जाँदै गरेका एक जना मोटरसाइकल चालकलले बालिका चिच्याएको सुनेर घटनास्थल पुगी बालिकाको उद्धार गरेको उनले जानकारी।
ती मोटरसाइकल चालकले नै बालिकाको उद्धार गरी उपचारका लागि पु¥याएका थिए । बालिकाको घाँटीमा ७ वटा र औंलामा तीन वटा टाँका लगाउनुपरेको वडा अध्यक्ष यादवले जानकारी दिए ।
घट्नामा संलग्न युवक मुकेश मुखियालाई समातेर स्थानीयले प्रहरीको जिम्मा लगाएका छन् । मुखियाबिरुद्व करणीसम्बन्धी कसूरमा अनुसन्धान सुरु गरिएको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए ।











