२०८१, १० मंसिर सोमबार | Mon Nov 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनकपुरका मेयरविरुद्ध मुद्दा दायर



जनकपुर । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख लालकिशोर साहविरुद्ध धनुषा अदालतमा मुद्दा दर्ता भएको छ ।
गत पुस २२ गते नगरप्रमुख साहकै कार्यकक्षमा पत्रकारहरुलाई कुटपिट गरेको विषयलाई लिएर ३ जना पत्रकारले संयुक्त रुपमा मुद्दा दर्ता गराएका हुन् ।

कान्तिपुर टिभीका सम्वाददाता समेत रहेका नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्र, कान्तिपुर टिभीकै अमरकान्त ठाकुर र एपी वन टिभीका विकास साहले संयुक्त रुपमा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख साहविरुद्ध धनुषा जिल्ला अदालतमा गाली बेइज्जती सम्बन्धी मुद्दा दर्ता गराएका हुन् ।

जनकपुरधाम नगरको विकासमा भ्रष्टाचार मौलाएको, विकास निर्माण कार्य अपारदर्शीरुपमा भइरहेको, जानकी मन्दिरको फुलवारी भित्ता अतिक्रमण गर्नमा प्रमुख साहले ८५ लाख रुपैयाँ घुस लिएको भन्ने आरोप केहि वडा अध्यक्षहरुले नै लगाएका थिए । सोही सन्दर्भमा नगर प्रमुख साहसँग उनको प्रतिक्रिया लिन पत्रकारहरु पुगेका थिए ।

प्रकाशित मिति : २०७७, १७ कार्तिक सोमबार ००:००  १० : ४९ बजे