२०८३, २३ जेष्ठ शनिबार | Sat Jun 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस पदाधिकारी बैठक आज बस्दै



काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । पार्टीको १४ औं महाधिवेशन तयारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।

बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार बैठकमा पार्टीका पदाधिकारी, पूर्वपदाधिकारीका साथै केही केन्द्रीय सदस्यसमेत सहभागी हुने छन् ।

बैठकमा गत असोज १२ गते पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले ‘पार्टी विधानसम्मत सञ्चालन गरी चौधौँ महाधिवेशन स्वच्छ, निष्पक्ष गर्ने वातावरण सिर्जना गरियोस्’ भनी सभापति देउवालाई बुझाएको पत्रका बारेमा समेत छलफल हुने मुख्य सचिव पौडेलले जानकारी दिए ।

पार्टीको आगामी १४ औं महाधिवेशनको तयारी सन्दर्भमा छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक यही कात्तिक २१ गते बोलाएको छ ।

प्रकाशित मिति : २०७७, १७ कार्तिक सोमबार ००:००  ११ : ५३ बजे