२०८२, ५ चैत्र बिहीबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनाबाट सिन्धुलीमा ८४ वर्षीया वृद्धाको मृत्यु



सिन्धुली । सिन्धुलीमा कोरोना संक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ ।
कमलामाई नगरपालिका–६ पानीट्यांकी निवासी ८४ वर्षीया वृद्धाको आइतबार मृत्यु भएको हो । सिन्धुलीमा कोरोना संक्रमणबाट यो पहिलो मृत्यु हो ।

उच्च ज्वरो आउनुको साथै श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई उपचारका लागि शुक्रबार धुलिखेल अस्पताल लगिएको थियो । धुलिखेल अस्पतालले पिसिआर परीक्षणका लागि स्वाब नमुना संकलन गरेर बिरामीलाई घर पठाइदिएको थियो ।
धुलिखेल अस्पतालको पीसीआर प्रयोगशालाले आइतबार साँझ ६ बजे रिपोर्ट पोजेटिभ छ भन्ने जानकारी गराएको थियो । सिन्धुली अस्पतालमा उपचारकै क्रममा साँझ साढे ६ बजे वृद्धाको मृत्यु अस्पतालका व्यवस्थापक बिमल श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २०७७, १७ कार्तिक सोमबार ००:००  १२ : १९ बजे