२०८१, ८ मंसिर शनिबार | Sat Nov 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओखलढुंगामा अग्रभागमा खटिनेको निःशुल्क कोरोना जाँचिने



ओखलढुंगा । ओखलढुंगामा कोरोनाको कहरका बेला अग्रभागमा रहेर काम गर्नेहरुको मात्रै निःशुल्क कोरोना परिक्षण गरिने भएको छ । सरकारले समेत कोरोनाको परिक्षण नागरिक स्वयम्ले गर्नु पर्ने बताइएरहेका छ । ओखलढुंगामा भने अग्रभावमा रहेर काम गर्नेहरुमा लक्षण देखिएमा उनीहरुको मात्रै कोरोना परिक्षण निःशुल्क गरिने जिल्ला स्वास्थ प्रमुख सुमन तिवारीले बताए ।

जिल्लामा अग्रभावमा रहेर खट्ने स्वास्थकर्मी, सुरक्षकमी, सञ्चारकर्मी लगायतले आफुमा कोरोना सँग मिल्दाजुल्दा लक्षण देखिएमा जिल्ला स्वास्थ कार्यालयमा सम्पर्क गरि स्वाब संकलन गराउन सक्ने उनको भनाई छ । अन्य नागरिकले आफैंले शुल्क तिरेर कोरोना परिक्षण गराउन सक्ने जिल्ला स्वास्थ कार्यालय ओखलढुंगाले जनाएको छ ।

प्रकाशित मिति : २०७७, १७ कार्तिक सोमबार ००:००  १२ : ३० बजे