२०८२, ५ चैत्र बिहीबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतीय जङ्गलमा भेटियो नेपाली महिलाको शव



कञ्चनपुर। कञ्चनपुरको पुनर्बास नगरपालिका नजीक भारतको दूधुवा नेशनल पार्कको रानीवनमा एक नेपाली महिलाको शव फेला परेको छ । मृतकसित भेटिएको कागजातका आधारमा उनी ५५ वर्षीया नुरदेवी कठायत हुन् ।

‘महिलाको परिवारसित सम्पर्क हुन सकेको छैन,’ इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक कैलाश विष्टले भने, ‘शवसंँगै भारतीय प्रहरीले भेटेको कागजातअनुसार मृतक साविक गाविस–३ की महिला हुन् ।’

शव भारतको पलियामा राखिएको र सोबारे भारतीय प्रहरीसित थप समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७७, १८ कार्तिक मंगलबार ००:००  १२ : ४५ बजे