२०८२, १ पुस मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महोत्तरीमा वडा सदस्यको निधन



महोत्तरी । महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं ७ का एक वडा सदस्यको गएराति निधन भएको छ । नगरप्रमुख अशोककुमार मण्डलका अनुसार वडा नं. ७ का वडा सदस्य मोहम्मद हासिम अंसारीको निधन भएको हो ।

१५/२० दिन अगाडि अचानक श्वासप्रश्वासमा गडबडी भई दम बढेर सिकिस्त बिरामी भएर भारत बिहारको सीतामढीमा उपचार गराउन गएका वडा सदस्य अंसारीको गएराति निधन भएको हो । वडासदस्य अन्सारीको निधनले नगरपालिकालाई ठूलो क्षति भएको तथा सम्पूर्ण नगरपालिका स्तब्ध भएको जारी विज्ञप्तीमा जनाइएको छ । तत्कालिन माओवादी केन्द्रबाट उनी निर्वाचित भएका हुन् ।

प्रकाशित मिति : २०७७, १८ कार्तिक मंगलबार ००:००  १ : २८ बजे