२०८१, २२ बैशाख शनिबार | Sat May 4 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दाङको तुलसीपुरमा ‘स्मार्ट छोरी’ कार्यक्रम




दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाले छोरीहरुको आर्थिक र सामाजिक सशक्तीकरणका लागि छोरी जन्मेदेखि हरेक महिना १ सय रुपैयाँका दरले बैंक खातामा रकम जम्मा गरिदिने भएको छ । कार्यपालिकाको ९५ औं बैठकले ‘स्मार्ट छोरी, बिहेबारी बीस वर्षपारी’ कार्यविधि पारित गरेसँगै अब यो लागु हुने भएको छ ।

कार्यक्रममा समावेश हुनका लागि अभिभावकले बैंकमा खाता खोलेर खाता नम्वर उपमहानगरपालिकालाई उपलब्ध गराएपछि रकम जम्मा हुने कुरा कार्यविधिमा उल्लेख गरिएको छ । कार्यविधिमा उल्लेख भए अनुसार जन्मेको पहिलो महिनामा एक हजार दुई सय रुपैयाँ र त्यसपछि हरेक महिना १ सय रुपैयाँका दरले खातामा रकम जम्मा हुनेछ । २० वर्ष पछि एकमुष्ट रुपमा मात्रै रकम निकाल्न पाइने छ ।

प्रकाशित मिति : २०७७, १९ कार्तिक बुधबार ००:००  १० : ५६ बजे