२०८२, ५ चैत्र बिहीबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सर्लाहीमा नगदसहित ६ जना जुवाडे पक्राउ



सर्लाही। सर्लाहीबाट ६ जना जुवाडे पक्राउ परेका छन्।
मंगलबार साँझ सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर ६ का शम्भु सिंहको घरमा जुवा खेलिरहेका ६ जनालाई झण्डै ६९ हजार रुपैयाँसहित नियन्त्रणमा लिइएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए।

प्रहरी नायब उपरीक्षक उद्धव सिंह भाटको नेतृत्वमा खटिएको प्रहरी टोलीले सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर ६ का ४८ वर्षीय शम्भु सिंह, वडा नम्बर १६ का ३० वर्षीय मनोज राय, वडा नम्बर ५ का ३८ वर्षीय महमद हुसेन कवाडी, वडा नम्बर ६ का ४२ वर्षीय राम प्रवेश महतो, वडा नम्बर ७ का ३८ वर्षीय दिनेश साह र ५५ वर्षीय रामानन्द दासलाई ६० हजार ९ सय ९५ रुपैयाँ नेपाली र ५ हजार २ सय भारतीय रकमसहित पक्राउ गरेको प्रहरी प्रवक्ता कुँवरले जानकारी दिए।

प्रकाशित मिति : २०७७, १९ कार्तिक बुधबार ००:००  १२ : २२ बजे