२०८२, ५ चैत्र बिहीबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रौतहटका प्रहरी प्रमुखलाई कोरोना पुष्टि



रौतहट। रौतहटका प्रहरी प्रमुख एसपी सिद्विबिक्रम शाहलाई कोरोना भाईरस संक्रमण भएको छ । रुघाखोकीसँगै ज्वरो आउन थालेपछि पिसिआर टेस्ट गराएका उनको कोरोना रिपोर्ट पोजेटिभ देखिएको हो । हाल एसपी शाह सेल्फ आईसोलेसनमा बस्नुभएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले बताए ।

सुरुमा रुघाखोकी र ज्वरो देखिए पनि हाल ज्वरो ठिक भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । रौतहटमा पछिल्लो एक सातामा १ सय ८९ जनाको स्वाब परीक्षण गरिएकोमा १ सय जनामा कोभिड १९ संक्रमण पुष्टि भएको जिल्ला अस्पताल गौरले जनाएको छ । बन्दाबन्दी खुलेपछि रौतहटमा सार्वजनिक यातायात र विद्यालय पनि खुलेका छन् । बजार, कार्यालय, व्यापार पहिलेकै अवस्थामा झैं सञ्चालनमा आएका छन् तर सुरक्षाको उपाय भने शून्य छ ।

जिल्लामा स्थानीयवासीहरुले मास्क लगाउने र भौतिक दुरी तथा स्वास्थ्य सचेतनामा ध्यान दिन छाडेका छन् । बजारहरुमा बढी भिडभाड हुनु र व्यक्तिगत दुरी कायम नहुनुले कोरोनाको जोखिम झनै बढेको चिकित्सकहरु बताउँछन्। पछिल्लो समय स्थानीयसँगै जिल्लाका सुरक्षा अधिकारीहरु, जनप्रतिनिधि र कार्यालयका कर्मचारीहरु संक्रमित हुने क्रम बढेको छ ।

कोरोना भाईरसका कारण हालसम्म १३ जनाको ज्यान गैसकेको छ । महामारी नियन्त्रण गर्न जिल्लास्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रको संयुक्त बैठक बसेर नयाँ रणनिति तयार गरेर अघि बढिने सिडियो इन्द्रदेव यादवले बताए ।-रातोपाटी

प्रकाशित मिति : २०७७, १९ कार्तिक बुधबार ००:००  १ : २१ बजे