२०८१, २२ बैशाख शनिबार | Sat May 4 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कृषि उत्पादनमा आत्मनिर्भर बन्दै ईन्द्रावती



सिुन्धुपाल्चोक । सिुन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका कृषि उत्पादनमा आत्मानिर्भर बन्ने भएको छ । संधिय सरकारको सहकार्यमा कृषि क्षेत्रको उत्पादन बढाई आत्मानिर्भर बनाउने उद्धेश्यले गाउँपालिकाले सो नितीे ल्याएको हो ।

अध्यक्ष वंसलाल तामाङका अनुसार एक गाउँ एक उत्पादन कार्यक्रम अन्तर्गत वडा नं १ लाई किविमा आतमानिर्भर बनाईने २ र ३ लाई लप्सि र ४ लाई अदुवा बेसारमा आत्मानिर्भर बनाउन अनुदानमा विऊ विजन वितरण गर्ने योजना रहेको छ।

एक वडा एक हाटबजार, एक घर पाँच फलफूल बिरुवा, एक घर एक करेशाबारीको विकाशका साथै सार्वजानिक र निजि जग्गामा पूष्प तथा फलफूल खेतिलाई प्राथमिकता दिईने गाउँपालिकाको लक्ष्य रहेको तामाङले बताए ।

गाउँपालिका भित्रका नागरिकको खाद्य अधिकार सुरक्षित गर्दै गरिविको अन्त्य गर्न तथा उत्पादनको क्षेत्रमा गाउँपालिकालाई आत्मनिर्भर बनाउन अर्गानिक कृषि उत्पादनलाई प्रोत्साहन गर्ने गाउँपालिकाको लक्ष्य रहेको छ।

प्रकाशित मिति : २०७७, १९ कार्तिक बुधबार ००:००  २ : ५२ बजे