सिन्धुली । कोरोना संक्रमणका कारण कमलामाइ नगरपालिका -५ का खिलबहादुर मगरको बिहिबार निधन भएको छ ।
४८ बर्षिय मगरको सिन्धुली अस्पतालमा उपचारको क्रममा बिहिबार बिहान मृत्यु भएको हो ।
कोरोनाको लक्षण देखिएपछी मगरलाइ काठमाडौ मेडिकल कलेजमा सोमबार भर्ना गरिएको थियो । पिसिआर परिक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको हो । ४८ बर्षिय मगरको सिन्धुली अस्पतालमा उपचारको क्रममा बिहिबार बिहान मृत्यु भएको जिल्ला अस्पताल सिन्धुलिका ब्यबस्थापक बिमल श्रेष्ठले बताए ।
उपचारको क्रममा मृत्यु भएका मगरको नेपाली सेना, नेपाल प्रहरी र अस्पतालको सहयोगमा सब ब्यबस्थापन गरिएको छ ।











