२०८३, १ श्रावण शुक्रबार | Sat Jul 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

श्वेतासँग लगनगाँठो कस्दै आदित्य



मुम्बई। गायक आदित्य नारायण झाको विवाहको तयारी सुरु भएको छ । केही दिन अगाडि प्रेमीका श्वेता अग्रवालसँग विवाह गर्ने बताएका आदित्यको घरमा विवाहको तयारी समेत सुरु भएको छ ।

अहिले आदित्यको रोका सेरेमनीको तस्बिर बाहिर आएको छ । तस्बिरमा आदित्य तथा श्वेता दुबै तर्फका परिवार सदस्य एकसाथ देखिएका छन् ।

उनले श्वेतसँगको तस्बिरका साथ लेखेका थिए ‘हामी बिवाह गर्दैछौ । म दुनियाको सबैभन्दा भाग्यमानी केटा हँु । किनभने श्वेता मलाई मिलिन् । उनीसँग ११ बर्ष पहिले भेट भएको थियो । अब डिसेम्बरमा बिवाह हुँदैन ।आदित्यले बिवाहको तयारीका लागि सामाजिक संजालबाट ब्रेक लिएको समेत बताएका थिए ।

आदित्य र श्वेताको पहिलो पटक १० बर्ष अगाडि फिल्म ‘शापित’को सेटमा भेट भएको थियो । यहि बाट दुबैको प्रेम सुरु भएको थियो ।

प्रकाशित मिति : २०७७, २० कार्तिक बिहिबार ००:००  ११ : १२ बजे