२०८१, ७ जेठ सोमबार | Mon May 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाली फुटबल टोली बंगलादेश प्रस्थान



काठमाडौं । दुई मैत्रीपूर्ण खेल खेल्नका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टोली आज बंगलादेशको ढाका प्रस्थान गरेको छ ।

२५ खेलाडी र बाँकी अफिसियल गरी कूल ३४ सदस्यीय टोली हिमालयन एयरलाइन्समार्फत बिहान ढाका प्रस्थान गरेको हो ।

नेपालले बंगलादेशसँग यही नोभेम्बर १३ र १७ तारिखमा ढाकामा मैत्रीपूर्ण खेल खेल्नेछ । त्यसअघि नेपाली टोली करिब एक साता होटेल क्वारेन्टिनमा बस्नेछ । त्यसपछि कोरोना परीक्षण हुनेछ र नेगेटिभ रिपोर्ट आएपछि नेपालले प्रशिक्षण गर्ने अवसर पाउनेछ ।

नेपाली टोलीमा अजित भण्डारी, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, भरत खवास, विकास खवास, विक्रम लामा, बिमल राना, बिशाल श्रेष्ठ, दर्शन गुरुङ, दीप कार्की र दिलेन लोक्ताम छन् ।

यसैगरी जर्ज प्रिन्स कार्की, किरण चेम्जोङ, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रन्जित धिमाल, रवि पासवान, सरोज दाहाल, सेसेहाङ आङदेम्वे, सुभास गुरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, तेज तामाङ र छिरिङ गुरुङ पनि टोलीमा छन् ।

प्रकाशित मिति : २०७७, २० कार्तिक बिहीबार ००:००  १२ : ५९ बजे