सिन्धुली । सिन्धुलीको कोभिड–१९ युनिट (आइसोलेसन) अस्पताल सञ्चालनमा आएको छ। कमलामाई नगरपालिका–६ शिवनगरमा निर्माण गरिएको ५० बेडको कोभिड–१९ युनिट अस्पताल सोमबार रातिबाट सञ्चालनमा आएको हो।
केही सरकारी अनुदानबाहेक अधिकांश रकम सहयोग र जनश्रमदानबाटै जुटाएर निर्माण गरिएको अस्पताल दुई जना कोरोना संक्रमित भर्ना गरेर सञ्चालनमा ल्याइएको सिन्धुली अस्पतालका व्यवस्थापक विमल श्रेष्ठल जानकारी दिए।
अस्पतालमा हाल पाँच बेडको आईसीयू, २ वेडको भेन्टिलेटर, १२ बेडको एचबीयू जडान गरिएको छ। अस्पतालका ५० वटै बेडमा केही दिनमा अक्सिजन जडान गरिने तथा ३० बेड कोरोना संक्रमितका लागि र २० बेड कोभिडका शंकास्पद बिरामीको उपचारमा प्रयोग गरिने र अस्पतालमा सुरक्षाका लागि कम्पाउन्ड, सीसी क्यामेरा जडान, खानेपानी, शौचालयका साथै वाइफाई, टेलिफोनसमेत जडान गरिएकको श्रेष्ठले बताए।
२०७७, २० कार्तिक बिहीबार ००:००
154
Shares