२०८१, ३ जेठ बिहीबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ऋचाले जितिन् कोरोना



काठमाडौं । अभिनेत्री ऋचा शर्माले कोरोना जितेकी छन् । आफुलाई तीन साता अगाडि कोरोना संक्रमण भएको र तीन साता सेल्फ क्वारेन्टिनमा बसेपछि कोरोनालाई जितेको अभिनेत्री शर्माले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छन् ।ऋचाले कोरोना जितेको खुसीमा एक स्टाटस पोष्ट गर्दै कोरोनाबारे आफुहरुलाई अझै सम्पूर्ण ज्ञान नभएको बताएकी छन् ।

‘विश्वव्यापी कोरोनाको यस महामारी एउटा अटुट सत्य हो र यसबाट सकेसम्म आफू र आफ्नो परिवारको सुरक्षा गर्नु हामी सम्पूर्णको दायित्व । भनिन्छ कि पढेर जानिन्छ कि परेर । यस भयावह अवस्थाबीच म पनि कोरोनाबाट संक्रमित हुन पुगेँ । पछिल्लो तीन हप्तादेखि सेल्फ क्वारेन्टिनमा बसी अब सम्पूर्ण रुपमा स्वस्थ भएको छु’ अभिनेत्री शर्माले अगाडि लेखेकी छन्, ‘कोरोनाको बारे हामीलाई अझै सम्पूर्ण ज्ञान नभएको, नयाँ फाइन्डिङहरु आइरहेको र नेपाल जस्तो विकासोन्मुख देशमा यसरी फैलिँदा आफू तथा आफ्नो परिवारको सुरक्षा गर्न म तपाईहरु सबैलाई विनम्र अनुरोध गर्छु । कोरोना जित्न मैले के गरेँ, खानपान, जीवन शैलीबारे छिटै यहाँहरुलाई जानकारी गराउने छु ।’

शर्माले यस्तो समयमा पनि अग्रपंक्तिमा रहेर काम गर्नेलाई समेत धन्यवाद दिएकी छन् ।

प्रकाशित मिति : २०७७, २१ कार्तिक शुक्रबार ००:००  २ : २३ बजे