२०८३, २० बैशाख आइतबार | Sun May 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री ओलीसँग भारतीय सेनाप्रमुख नरवणेको भेटवार्ता



काठमाडौं । भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरवणेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।
प्रधानमन्‍त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भेटवार्ता भएको जानकारी दिएका छन्।

तीन दिने भ्रमणको अन्तिम दिन नरवणेले प्रधानमन्‍त्रीसँग भेटेका हुन्। नेपालसँगको सम्बन्ध सुधारका लागि भारतीय संस्थापनले सेनापतिमार्फत सन्देश पठाएको अनुमान गरिएको छ। सम्बन्ध चिसिएको बेला सैन्य कुटनीति प्रयोग र परिचालन गरेर सम्बन्ध सुधारका लागि पहल गर्ने पहिलेदेखिको प्रचलन हो।

भेटमा दुई देशको सैन्य सम्बन्ध र रक्षा सहकार्यबारे छलफल हुने बताइएको छ। स्रोतका अनुसार प्रधानमन्‍त्रीसँगको भेटमा सिमा विवाद लगायतका दुई पक्षीय विषयमा छलफल हुनेसक्‍ने स्रोतले बताएको छ।

प्रकाशित मिति : २०७७, २१ कार्तिक शुक्रबार ००:००  २ : ३४ बजे