२०८३, २६ भदौ शुक्रबार | Fri Sep 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बर्दिबास अस्पताललाई पिसिआर मेसिन प्रदान



महोत्तरी। महोत्तरीको बर्दिबास अस्पताललाई रोटरी क्लब बर्दिबासले एक थान पिसिआर मेसिन प्रदान गरेको छ ।

रोटरी इन्टरनेशनलबाट रोटरी क्लब बर्दिबासलाई प्राप्त स्वास्थ्य उपकरणहरू १ थान पिसिआर मेसिन, १ थान ल्यापटप र १ थान युपिएस अस्पताललाई प्रदान गरिएको रोटरी क्लब बर्दिबास सेक्रेटरी बिष्णु पुरीले बताए ।

रोटरी क्लब बर्दिबासका अध्यक्ष हिरा गौतमले शनिवार बर्दिबास नगरपालिका मेयर बिदुर कुमार कार्कीलाई एक समारोहका बीच यी स्वास्थ्य उपकरणहरू हस्तान्तरण गरेका हुन् ।

शिक्षा, स्वास्थ्य, शान्तिका लागि काम गरिरहेको रोटरी क्लब बर्दिबासले कोरोना भाइरस नियन्त्रणका लागि पिसिआर मेसिन अस्पताललाई हस्तान्तरण गरेको क्लबका अध्यक्ष गौतमले बताए ।

प्रकाशित मिति : २०७७, २३ कार्तिक आइतबार ००:००  ११ : १० बजे