काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकामा राष्ट्रपतीय चुनाव जितेका जो बाइडन र उपराष्ट्रपतिमा विजयी उम्मेदवार कमला ह्यारिसलाई बधाई दिएका छन् ।

विद्युतीय सामाजिक सञ्जाल ट्वीटरमार्फत ओलीले प्रभावकारी र ऐतिहासिक जीतका लागि बधाई दिँदै अमेरिकाको नयाँ नेतृत्वसँग नजिक रहेर काम गर्ने अवसर प्राप्त हुने आशा व्यक्त गरेका छन् ।











