२०८३, ३० श्रावण शनिबार | Sun Aug 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आइपिएलमा दिल्ली र हैदरावाद फाइनल प्रवेशका लागि भिड्दै



आइपिएल २०२० को फाइनल प्रवेशका लागि आइतबार राति दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुँदैछ।
अबुधाबीमा हुने दोस्रो क्वालिफायरको विजेताले उपाधिका लागि मंगलबार मुम्बई इन्डियन्ससँग प्रतिस्पर्धा गर्नेछ।
पहिलो क्वालिफायरमा प्रतिस्पर्धा गरेको दिल्ली पराजित भएपछि दोस्रो क्वालिफायरमा भिड्न लागेको हो।
मुम्बईविरुद्धको पहिलो क्वालिफायरमा दिल्लीले बलिङ तथा ब्याटिङ दुवै विधामा खराब प्रदर्शन गरेको थियो।
यता हैदरावादले एलिमिनेटरको खेलमा रोयल च्यालेन्जर्स बेंग्लोरलाई पाखा लगाएर क्वालिफायरमा स्थान बनाएको हो।

प्रकाशित मिति : २०७७, २३ कार्तिक आइतबार ००:००  १२ : ३३ बजे