२०८२, ५ चैत्र बिहीबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गण्डकी प्रदेशमा ‘चालकसँग १ मिनेट’ कार्यक्रम शुरु



काठमाडौं । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयले राजमार्ग तथा शहरी क्षेत्रहरुमा ‘चालकसँग १ मिनेट’ कार्यक्रम शुरु गरेको छ ।

लकडाउन (बन्दाबन्दी) खुकुलो भएसँगै सम्भावित सवारी दुर्घटना न्यूनीकरण गर्ने र कोरोना संक्रमणबाट बच्ने, बचाउने उद्देश्यले आइतबार बिहान ११ बजेबाट ‘चालकसँग १ मिनेट’ कार्यक्रम शुरु गरिएको हो

गण्डकी प्रदेशका ११ वटा जिल्ला ट्राफिक प्रहरी कार्यालय र ५३ वटा अस्थायी ट्राफिक प्रहरी पोष्टहरुले एकसाथ सुरु गरेको यो कार्यक्रम पहिलो चरणमा एक महिनासम्म दिनहुँ सन्चालन हुने गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय गगनगौडा कास्कीका सूचना अधिकारी तथा प्रहरी निरीक्षक मनोज कुमार शाहीले जानकारी दिए ।

प्रकाशित मिति : २०७७, २३ कार्तिक आइतबार ००:००  २ : ५७ बजे