२०८१, ७ मंसिर शुक्रबार | Fri Nov 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लक्षण देखिएका विरामीको कोरोना परीक्षण र उपचार निःशुल्क



काठमाडौँ । सरकारले लक्षण देखिएका कोरोना सङ्क्रमितको परीक्षण र उपचार सरकारी अस्पताल र प्रयोगशालाबाट निःशुल्क गर्ने निर्णय गरेको छ ।

हिजो (सोमबार) बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना सङ्क्रमितहरूको निःशुल्क उपचार गर्ने निर्णय गरेको हो ।

बैठकले विभिन्न मुलुकहरूमा विकसित भइरहेका कोरोना विरुद्धको खोप पनि छोटो प्रक्रियाबाट नेपाल भित्र्याउन स्वास्थ्य, परराष्ट्र र अर्थ मन्त्रालयका तीन सचिव सम्मिलित एक संयन्त्र गठन गर्ने निर्णय गरेको परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले जानकारी दिए ।

बैठकले कोरोना भाइरसको बढ्दो संक्रमण र यसले राज्यकोमा पारेको असरलाई मध्यनजर गर्दै मन्त्रिपरिषद्को सदस्यहरुले २०७७ सालको पारिश्रमिक मध्ये आधा तलब कोरोना संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने निर्णय गरेको मन्त्री ज्ञवालीले बताउनु भयो ।

प्रकाशित मिति : २०७७, २५ कार्तिक मंगलबार ००:००  १२ : ५३ बजे