२०८२, ५ चैत्र बिहीबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भक्तपुरबाट‘सुसाईड नोट’ लेखेर डाक्टर बेपत्ता



काठमाडौं । भक्तपुरबाट अर्थोडोन्टिस्ट डा.दिगम्बर झा बेपत्ता भएका छन् । डा. झा सुसाईड नोड लेखेर बेपत्ता भएको महानगरीय प्रहरी परिसर भक्तपुरकी एसपी तारादेवी थापाले बताईन् । उनी ठिमीस्थित द डेन्टल सिटीका निर्देशक हुन् ।
उनी बा.१६च. ८६७९ नम्बरको कारमा घरबाट निस्केका थिए । डेन्टल क्लिनिकको माथिल्लो तलामा भाडामा बस्दै आएका डा. झा र उनको बुवाको सम्बन्ध राम्रो थिएन् । घरबाट निस्केको दुईघण्टामा उनी काभ्रे पुगेको प्रहरी अनुसन्धानबाट थाहा भएको छ ।
उनको खोजी भइरहेको छ’ एसपी थापाले भनिन् ‘फेसबुक पेजमा सुसाईड नोट लेखेको भेटिएको छ ।’ फेसबुक पेजमा सुसाईड नोट लेखेको देखेपछि उनका सहकर्मी डाक्टर निरञ्जन चालिसेले प्रहरीलाई खबर गरेका थिए ।

प्रकाशित मिति : २०७७, २५ कार्तिक मंगलबार ००:००  ३ : १७ बजे