२०८२, १३ बैशाख शनिबार | Sat Apr 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रविधि मार्फत अभिभावकसँग अभिमुखिकरण गर्दै बुनपा १०



नविन धमला

काठमाडौं – काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नं १० ले लकडाउनका कारण पढाई प्रभावित भएका विद्यार्थीको सिकाईलाई निरन्तरता दिन फरक विधि अपनाएको छ । शैक्षिक सत्र सुरु भईसकेपनि कोरोनाको कहरका कारण विद्यालय बन्द हुँदा पढाई प्रभावित भएकाले घरैमा अभिभावक मार्फत सिकाईलाई निरन्तरता दिने विकल्पका बारेमा वडाले पहल थालेको हो ।

वडा कार्यालयले विज्ञ व्यक्तिहरुसँगको साझेदारीमा जुम मार्फत अभिमुखिकरण, सार्वजानिक सूचना सम्प्रेषण सहितका काम गरेर घरैमा बसेका विद्यार्थीको शैक्षिक विकासका लागि पहल थालिएको वडा अध्यक्ष नबराज भटराईले अनलाइन सरोकारलाई जानकारी दिए । जेठ २३ गते दिउँसो ३ बजे जुम मार्फत अभिभावकहरुका लागि अभिमुखिकरण कार्यक्रम राखिएको उनको भनाई छ ।

अभिमुखिकरणमा घरबाटै पनि जीवन उपयोगी शिक्षाका अवसर, अभिभावकले कस्तो व्यवाहार गर्दा आफ्ना बालबालिकालाई सफल बनाउन सकिन्छ ?, लकडाउन को समय अनि सकारात्मक सोच विकास, आफ्ना बालबालिका असल बनाउन अभिभावकको भूमिका लगायतका विषयमा छलफल हुने भएकाले अभिमुखिकरणमा सहभागी हुन वडाले सबैमा अपिल गरेको छ ।

प्रकाशित मिति : २०७७, २० जेठ मंगलबार ००:००  ६ : १४ बजे