२०८३, १८ बैशाख शुक्रबार | Sat May 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना संक्रमित स्वास्थ्यकर्मीको संख्या बढ्दै



स्वास्थ्य उपचारमा खटिने स्वास्थ्यकर्मीको संक्रमण दर कोरोना पनि छ । देशभरीका सरकारी तथा निजी स्वास्थ्य संस्थामा कार्यररत स्वास्थ्यकर्मी तथा फ्रन्टलाइनमा सक्रिय चिकित्सक, नर्स र अन्य कर्मचारीमा संक्रमण बढ्न थालेको हो ।

विभिन्न अस्पतालमा कार्यररत ४ हजार ६ सय ८४ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ७७ जिल्ला मध्ये हालसम्म ६८ जिल्लामा कार्यररत स्वास्थ्यकर्मीलाई कोरोनाभाइरस कोभिड—१९ को संक्रमण भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा मात्रै २ हजार २ सय ७६ जना स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीम कोरोनाभाइरस संक्रमण पुष्टि भएकोे छ ।
कोरोना परीक्षण गर्ने प्रयोगशाला, कोभिड अस्पताल तथा अन्य रोगको उपचार गर्ने अस्पताल, कन्ट्याक्ट ट्रेसिङ गर्दा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, होम आइसोलेशन, क्वारेन्टिनमा कार्यररत स्वास्थ्यकर्मीहरुमा संक्रमण दर बढ्दै गएको छ ।

प्रकाशित मिति : २०७७, २७ कार्तिक बिहिबार ००:००  ३ : ०६ बजे