२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना संक्रमित स्वास्थ्यकर्मीको संख्या बढ्दै



स्वास्थ्य उपचारमा खटिने स्वास्थ्यकर्मीको संक्रमण दर कोरोना पनि छ । देशभरीका सरकारी तथा निजी स्वास्थ्य संस्थामा कार्यररत स्वास्थ्यकर्मी तथा फ्रन्टलाइनमा सक्रिय चिकित्सक, नर्स र अन्य कर्मचारीमा संक्रमण बढ्न थालेको हो ।

विभिन्न अस्पतालमा कार्यररत ४ हजार ६ सय ८४ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ७७ जिल्ला मध्ये हालसम्म ६८ जिल्लामा कार्यररत स्वास्थ्यकर्मीलाई कोरोनाभाइरस कोभिड—१९ को संक्रमण भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा मात्रै २ हजार २ सय ७६ जना स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीम कोरोनाभाइरस संक्रमण पुष्टि भएकोे छ ।
कोरोना परीक्षण गर्ने प्रयोगशाला, कोभिड अस्पताल तथा अन्य रोगको उपचार गर्ने अस्पताल, कन्ट्याक्ट ट्रेसिङ गर्दा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, होम आइसोलेशन, क्वारेन्टिनमा कार्यररत स्वास्थ्यकर्मीहरुमा संक्रमण दर बढ्दै गएको छ ।

प्रकाशित मिति : २०७७, २७ कार्तिक बिहीबार ००:००  ३ : ०६ बजे