डोटी । बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा बस दुर्घटना भएको छ ।
दुर्घटना हुँदा नौ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडी जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार दार्चुलाको गन्नाबाट महेन्द्रनगर आइरहेको ना ५ ख ५१४१ नम्बरको बस बिहीवार राति करिब साढे १० बजेतिर खोड्पे बजार नजिक दुर्घटना भएको हो ।
दुर्घटनामा परि आठ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा ज्यान गएको हो ।
दुर्घटनामा ३४ जना घाइते भएका छन् । घाइतेहरुको डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ। घाइतेहरुमध्ये सात जनाको अवस्था गम्भीर रहेको एसएसपी सिंहले जानकारी दिए । उनीहरुलाई थप उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी रिफर गरिएको छ ।











