२०८२, १ पुस मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निजी प्रयोगशालाको नक्कली रिपोर्टको धन्दा



काठमाडौं । कोरोना परीक्षणको लागि सरकारले स्वीकृत दिएका केही निजी प्रयोगशालाले नक्कली रिपोर्ट दिने गरेको भेटिएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले केही निजी प्रयोगशालाले नक्कली रिपोर्ट दिने गरेको भेटिएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई छानबिनको अनुरोध गर्दै पत्र पठाएको छ।

पर्यटन मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालाले स्वाब नै संकलन नगरी कोरोनाको नक्कली रिपोर्ट दिने गरेको, स्वाब संकलनपछि रिपोर्ट हेरफेर गरेर पोजेटिभ रिपोर्ट दिने गरेको र स्वाब संकलनपछि निर्धारित समय भण्डारण गर्नुपर्नेमा त्यसो नगरेको भेटिएको छ।

पर्यटन मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई लेखेको पत्रमा नेपालबाट हङकङ र संयुक्त अरव इमिरेट्स (युएई) पुगेका केही व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि नेपालको परीक्षणमा प्रश्न उठेको जनाएको छ।
नेपालमा कोरोना परीक्षणको लागि स्वीकृत पाएका केही प्रयोगशालाले गरेको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको र विदेशमा पुगेपछि गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ आएको पत्रका उल्लेख छ।

प्रकाशित मिति : २०७७, ४ मंसिर बिहीबार ००:००  १० : ५९ बजे