२०८२, ५ चैत्र बिहीबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सल्यानमा गुडिरहेको बसको ढोकाबाट खस्दा एकजनाको मृत्यु



सल्यान । सल्यानमा गुडिरहेको बसको ढोकाबाट खस्दा एक जनाको मृत्यु भएको छ ।

सल्यानको वाफुखोलाबाट दाङ्ग जाँदै गरेको ना ५ ख १००१ न बसको ढोकाबाट खस्दा सल्यान बागचौर नगरपालिका ११ वाफुखोलाका २१ वर्षीय एकराज खड्काको मृत्यु भएको हो ।

बागचौर नगरपालिका २ खरिबोट नजिकै बसबाट खसेर गम्भीर घाइते भएका खड्काको जनप्रिय पोलिक्लिनिक बागचौरमा उपचार हुन नसकेपछि सल्यान जिल्ला अस्पताल लगिएको थियो ।
थप उपचारका लागि सल्यान अस्पताल पुर्याएका खड्कालाई अस्पताल लगेलगत्तै डाक्टरले मृत्त घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

बस र बस चालक प्रहरी नियन्त्रणमा रहेको र अन्य अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख गोविन्द थापाले बताए ।

प्रकाशित मिति : २०७७, ४ मंसिर बिहीबार ००:००  ११ : २७ बजे