२०८२, ३ चैत्र मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुस्ताङमा ७१ सय ५० मेट्रिक टन स्याउ उत्पादन,७१ करोड आम्दानी



मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा यसवर्ष ७१ सय ५० मेट्रिक टन स्याउ उत्पादन भएको छ।
मुस्ताङका किसानले यसवर्ष उत्पादन गरेको स्याउले ७१ करोड रकम आम्दानी गरेको छ।


जिल्लामा उत्पादन भएको ९० प्रतिशत स्याउ देशका विभिन्न बजारमा निकासी भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन ईकाई मुस्ताङले जनाएको छ। गतवर्ष मुस्ताङमा ६५ सय मेट्रिक टन स्याउ उत्पादन भएकोमा यसवर्ष ५ सय ५० मेट्रिक टन स्याउ बढी फलेको परियोजना कार्यान्वयन ईकाई मुस्ताङका प्रमुख डा. सुधिर थापाले जानकारी दिए।

मुस्ताङमा स्याउ खेती गरिएको कुल क्षेत्रफल १४ सय हेक्टर भए पनि जम्मा ५ सय हेक्टर जमिनमा लगाइएको बोटले उत्पादन दिन्छ। मुस्ताङको अनुकुल हावापानी, स्याउ खेती विस्तार तथा प्रर्वद्धन, प्रविधिको विकास, स्याउमा लाग्ने प्रकोप नियन्त्रण र बगैचा व्यवस्थापनमा प्रगती भएकाले स्याउ उत्पादन वृद्धि भएको डा.थापाले उल्लेख गरे।

प्रकाशित मिति : २०७७, ४ मंसिर बिहीबार ००:००  १२ : ०४ बजे