२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पखाला रोक्ने घरेलु उपाय



कहिले खानेकुरामा ध्यान राख्दाराख्दै पनि पखालाको सिकार हुन पुगिन्छ । विशेष गरेर अफिसमा काम गर्नेहरु जो बाहिर खानपर्ने हुन्छ, उनीहरुका लागि त यो ठूलो समस्या हुने गरेको छ । पखाला लागे पछि शरीरलाई नै कमजोर बनाउने गर्छ । तर, यसले शरीरमा असर पुर्याउनभन्दा अघि नै घरमै उपचार गर्न सकिन्छ ।
१. पखाला लागेपछि शरीरबाट ठूलो मात्रामा खनिज नाश हुनेगर्छ । यसका लागि जीवनजल वा पानीमा कागती, नुन र चिनी मिसाएर दिनभर पिउनुपर्छ । त्यस्तै पातलो सुप वा फलफूलको जुस पनि शरीरमा पानीको मात्रालाई सही राख्न पिउन सकिन्छ ।
२. पखाला लागेको बेला धेरै फाइबर भएका फलफूल वा खाना भने खानु हुँदैन । स्याउजस्ता फलहरु खायो भने स्थिति झन खराब बन्न सक्छ ।
३. कडा कफी खायो भने त्यसले पनि पखाला नियन्त्रण गर्न मद्दत गर्छ ।
४. दहीमा भुटेको मेथी र जिरा मिसाएर खायो भने पखाला रोक्न सहयोग गर्छ ।

५. पखाला लागेको बेला दुग्ध उत्पादन जस्तै पनिर, चिज आदि खानुहुँदैन । तर, दहीमा भएको ब्याक्टेरियाले भने हाम्रो आहारनलीलाई दह्रो बनाउन मद्दत गर्छ ।-रातोपाटी

प्रकाशित मिति : २०७७, ४ मंसिर बिहीबार ००:००  १२ : २८ बजे