काठमानडौं । कोरोनााका कारण बुढानिलकण्ठ नगरपालिकामा एक कर्मचारीको मृत्यु भएको छ। बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा कार्यालय सहयोगीका रुपमा लामो समय देखि कार्यरत रहेका शिवराम खत्रीको मङ्सिर ३ गते बेलुका १०.३० बजेको समयमा मेडिकेयर अस्पताल चाबहिलमा निधन भएको हो।
वडा नं ११ का स्थायी बासिन्दा खत्रीको उपचारका लागि अस्पताल भर्ना गरे संगै परिक्षण गर्दा कोरोना संक्रमण देखिएको थियो।
लामो समय देखि दिर्घ रोगि खत्रीको निधन पछि उनको शव नेपाली सेनाको शव व्यवस्थापन टोलीले व्यवस्थापन गर्ने वडा नं ११ ले जानकारी दिएको छ।
नगरपालिकाले सेवारत रहेका खत्रीको निधनले स्तब्ध भएको बताउदै वडा नं ११ ले सो दुःखद् घडिमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक समबेदना व्यक्त गरेको छ।











