२०८२, १७ माघ शुक्रबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सल्यानको बनगाड कुपिण्डे नगरपालिका ९ का वडाध्यक्षले गरे तेस्रो विवाह



सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिका–९ का वडाध्यक्ष ५२ वर्षीय इन्द्र कुमाई तेस्रो विवाह गरेर गाउँबाट भागेका छन् । तेस्रो बिहे गरेको भन्दै स्थानीय बासिन्दाले जानकारी दिएपछि पक्राउ गर्न गएको प्रहरी टोली गाउँमा नपुग्दै उनी पत्नीसहित भागेका हुन् ।
वडाध्यक्ष कुमाईले यसअघि दुईवटा बिहे गरेका छन् । उनका दुई श्रीमती सँगै बस्दै आएका छन् । उनले बिहे गरेपछि स्थानीय बासिन्दाले घरमा थुनेर राखेका थिए । ‘दुवैजनालाई थुनेर राखेको खबर आएपछि प्रहरी टोली गाउँमा गएको थियो, तर प्रहरी नपुग्दै उनीहरू भागिसकेका रहेछन्,’ जिल्ला प्रहरी कार्यालय, सल्यानका डिएसपी गोविन्द थापाले भने ।

बहुविवाहको मुद्दाका लागि उनकी पत्नीले उजुरी दिनुपर्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसअघिका दुवै बिहे दर्ता भएको पाइएको डिएसपी थापाले बताए । ‘अब दुईमध्ये एउटी पत्नीले उजुरी दिए पनि कारबाही प्रक्रिया अघि बढ्छ,’ उनले भने । वडाध्यक्ष कुमाईको पहिलो श्रीमतीबाट दुई छोरी र दोस्री श्रीमतीबाट दुई छोरा छन् । अहिले बिहे गरेकी स्थानीय महिलाका पनि पाँच छोराछोरी छन् ।

वडाध्यक्ष इन्द्र कुमाईले आफूले तेस्रो बिहे गरेको स्वीकार गरेका छन् । टेलिफोनमा कुरा गर्दै वडाध्यक्ष कुमाईले भने, ‘हाम्रो पहिलेदेखि मायाप्रेम थियो । गाउँमा सबैले थाहा पाएपछि उनका श्रीमानले मार्ने धम्की दिइरह्यो । उनलाई घरबाट निकाल्यो । त्यसैले मैले बिहे गरेको हुँ ।’

प्रकाशित मिति : २०७७, ४ मंसिर बिहीबार ००:००  १ : ४१ बजे