जनकपुर । धनुषा स्थायी घर भएका दुई नेपाली वैज्ञानिक इन्जिनियर अमेरिकामा उच्च वैज्ञानिक पुरस्कारबाट सम्मानित भएका छन् ।
नासामा कार्यरत जनकपुरधाम उपमहानगरपालिका घर भएकी वैज्ञानिक इन्जिनियर डा. रश्मी साह नासाद्वारा स्थापित अर्लि करिअर पब्लिक अचिभमेन्ट पुरस्कार २०१९ बाट सम्मानित भएका हुन् ।
यस्तै ईन्टेल कम्पनीमा कार्यरत जनकपुरका वरिष्ठ अनुसन्धानकर्ता वैज्ञानिक इन्जिनियर डा.सतिशचन्द्र झा ईन्टेल कम्पनीको सर्वोच्च आविष्कारक पुरस्कार २०१९ बाट सम्मानित भएका सामाजिक अभियन्ता सरोज रायले जानकारी दिए ।











