२०८१, ५ जेठ शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सेयर बजारमा एकैदिन ६ अर्ब बढीको कारोबार



काठमाडौं । नेपाली सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । साताको अन्तिम दिन बिहीबार सेयर कारोबार रकम ५ अर्ब भन्दा धेरै भएर नयाँ रेकर्ड राखेको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रवक्ता मुराहरी पराजुलीले सेयर कारोबार रकमले नयाँ रेकर्ड कायम गरेको पुष्टि गरे । उनले भने, ‘यसअघि एकैदिन ४ अर्ब ८५ करोड रुपैयाँको कारोबार भएको थियो, आज नयाँ रेकर्ड कायम भएको हो ।’

नेप्सेमा कारोबार हुने सबै उपसमूहहरु बिहीबार उकालो लागेका छन् । सेयर कारोबार मापक नेप्से परिसूचक पनि ३० अंक माथिले बढेको छ ।

कुनै बेलामा झरेर ११ सयमा पुगेको नेप्से परिसूचक अहिले १८ सय नजिक पुगेको छ । अब बजार पहिलेको अवस्थामा नझर्ने रौनियार बताउँछन् । बजार करेक्शन हुनका लागि कहिले काहि घटेपनि पुरानै अवस्थामा नफर्कने उनको अनुमान छ ।

प्रकाशित मिति : २०७७, ४ मंसिर बिहीबार ००:००  ३ : १० बजे