२०८१, ६ जेठ आइतबार | Mon May 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेलेर फर्कियो नेपाली टोली



काठमाडौं । बंगलादेशसंग दुईवटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेर नेपाली राष्ट्रिय फुटबल टिम बिहीबार स्वदेश फर्केको छ ।

नेपालले मुजिब बोर्सो फिफा अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत बंगलादेशसंग ढाकामा दुई मैत्रीपूर्ण खेल खेलेको थियो ।

एन्फा उपाध्यक्ष शिक्षित पराजुलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली टोली र अफिसियलहरुलाई स्वागत गरे ।

नेपालले बंगलादेशमा खेलेका दुई खेलमध्ये पहिलोमा हार ब्यहोर्‍यो भने अर्को खेललाई बराबरीमा रोकेको थियो । दुई खेलेको श्रृङ्खला बंगलादेशले १-० ले आफ्नो पक्षमा पार्दै ट्रफी भने घरमै राख्‍यो । पहिलो खेलमा नेपाल २-० ले पराजित भएको थियो भने दोस्रो खेल गोलरहित बराबरीमा सकिएको थियो ।

कोरोनाभाइरस महामारीले गर्दा गत चैतदेखि फुटबल खेल्न नपाएको नेपालले सात महिनापछि मैत्रीपूर्ण खेल खेलेको हो ।

बंगलादेशमा भएको मैत्रीपूर्ण खेलमार्फत ६ युवा खेलाडीले राष्ट्रिय टिममा डेब्यु गर्ने अवसर पाए । पहिलो खेलमा डिफेण्डर विकास खवास, एरिक विष्ट र दर्शन गुरुङले डेब्यु गरे भने दोस्रो खेलमा छिरिङ गुरुङ, पुजन उपरकोटी र सेसेहाङ आङ्दम्बेले डेब्यु गरे ।

प्रकाशित मिति : २०७७, ५ मंसिर शुक्रबार ००:००  ११ : ५३ बजे