२०८२, ३० मंसिर सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भोटेकोशी गाँउपालिकामा सामुदायिक स्वास्थ्य भवन उद्घाटन



काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाँउपालिकामा काङ्लाङ सामुदायिक स्वास्थ्य ईकाई भवन उद्घाटन भएको छ ।

प्रदेश पूर्वाधार बिकास साझेदार कार्यक्रम मार्फत उद्योग, पर्यटन, वन तथा वाताबरण मन्त्री अरुन नेपालको पहल र संघिय सरकारको विशेष अनुदानबाट रु एक करोडको लागतमा सामुदायिक स्वास्थ्य भवन निर्माण सम्पन्न भएको हो ।



पालिकाकै विकट मानिने भोटेकोशी गाउँपालिका-१ मा सामुदायिक स्वास्थ्य ईकाईको स्थापना भएपश्चात स्थानीय नागरिकलाई उपचारकै लागि बाह्रविशे र धुलिखेल जानुपर्ने बाध्यात्मक परिस्थिति टरेका गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले अनलाईन सरोकारलाई जानकारी दिए ।

कार्यक्रम मार्फत काङ्लाङ सामुदायिक स्वास्थ्य ईकाईलाई एम्बुलेन्स समेत हस्तान्तरण गरिएको अध्यक्ष पौडेलले बताए ।

प्रकाशित मिति : २०७७, ६ मंसिर शनिबार ००:००  १० : ४२ बजे