२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लिखुदेम्बाद्धारा खिजीदेम्बामा स्वास्थ्य सामाग्री वितरण



ओखलढुंगा – लिखुदेम्बा सामुदायिक विकास मञ्चले ओखलढुंगाको खिजिदेम्बामा स्वास्थ्य सामाग्री वितरण गरेको छ । ब्रेड फ्रर द वल्ड जर्मन सरकारको आर्थिक सहयोग तथा संस्थागत विकास संजाल र लिखुदेम्बा सामुदायिक विकास मञ्चको सयुक्त साझेदारीमा संचालित दिगो विकासकालागि युवा र किशोर किशोरीहरुको सभागिता परियोजनाले खिजीदेम्बामा स्वास्थ्य सामाग्री वितरण गरेको हो ।

विश्वभर महामारीको रुपमा फैलिरहेको नोभेल कोरोना भाइरस कोभिड १९ को उच्च जोखिमलाई न्यूनीकरण गर्न खिजिदेम्बा गाउँपालिकामा रहेका स्वास्थ्य संस्था, सुरक्षा निकाय, स्वास्थ्य शाखा तथा कार्यसमिति मूलसमितिका सरोकारवालालाई कोरोना विरुद्धको अभियानमा जुट्न स्वास्थ्य सामाग्री वितरण गरिएको दिगो विकासकालागि युवा र किशोर किशोरीहरुको सभागिता परियोजनाका कार्यक्रम संयोजक छत्र बहादुर बस्नेतले बताए । के एन ९५ माक्स १३३ वटा, पीपीई सेट १५ थान, थर्मल गन ११ थान, ब्याट्री ११० वटा लगायतका सामाग्री वडा वडा मा पुगेर हस्तान्तरण गरिएको संयोजक बस्नेतको भनाई छ ।

लिखुदेम्बा सामुदायिक विकास मञ्च खिजीदेम्बा क्षेत्रको सामाजिक विकासमा विगत लामो समय देखि सकृय संस्था हो । विपद जोखिम न्यूनिकरण र सामाजिक उत्तरदायित्व सहितका सवालमा यो संस्थाले काम गर्दै आएको छ ।

प्रकाशित मिति : २०७७, २२ जेठ बिहीबार ००:००  ३ : ५६ बजे