२०८३, १ श्रावण शुक्रबार | Sat Jul 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सेयर बजारमा एकैदिन झन्डै सात अर्बको कारोबार



काठमाडौं । पछिल्ला दिन निरन्तर उकालो लागिरहेको सेयर बजाले दिनदिनै नयाँ रेकर्ड कायम गरेको छ। आइतबार सेयर बजारमा अहिलेसम्मकै सर्वाधिक झन्डै सात अर्बको कारोबार भएको छ।

नेप्से परिसूचक आइतबार ४.६९ अंकले बढेर १७८२.८१ विन्दुमा पुगेको छ । २०१ कम्पनीको ६ अर्ब ९० करोड ६७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । १ करोड ६० लाख भन्दा बढी कित्ता सेयर खरिदबिक्री भएका छन् ।

सेयर बजारमा आइतबार देखिएको अर्को उत्साहजनक संकेत भनेको नेप्से सूचकले १८ सय विन्दु छोएको छ। आइतबार १८ सय विन्दुको मनोवैज्ञानिक रेखालाई पनि पार गरेर फर्किएकोले बजार परिपक्क रुपमा अघि बढेको विश्‍वास लगानीकर्ताले गरेका छन्। नेप्सेको यसअघिको अधिकतम विन्दु १८८१ हो।

प्रकाशित मिति : २०७७, ७ मंसिर आइतबार ००:००  ४ : ३२ बजे