सिराहा । सिराहाको लहान नगरपालिका– ३ डिभाइन हेल्थ केयर अस्पताल तोडफोड गरिएको छ ।
शनिबार राति सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पताल तोडफोड गरेका हुन्।
शल्यक्रियापछि अत्यधिक रक्तस्राव भएपछि सिराहाको सुखीपुर नगरपालिका– ९ मोहनपुरकी २७ वर्षीया आरतीकुमारी साहको शनिबार साँझ करिब ८ बजे मृत्यु भएको थियो ।
दोस्रो बच्चा जन्माउन अस्पताल आएकी आरतीलाई अस्पताल सञ्चालकसमेत रहेका डा. चन्द्रशेखर यादवले शल्यक्रिया गरेको आरतीका पति प्रमोदकुमार साहले बताए।
‘शल्यक्रिया गरेर छोरी निकालेपछि राति साढे ७ बजेसम्म डाक्टरले बिरामी ठीकै छ भनेका थिए,’ उनले भने, ‘त्यसपछि डा. यादवसहित अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीहरू एक–एक गरी ९ बजेभित्रै सबै निस्किए ।’
शल्यक्रियापछि अत्यधिक रक्तस्रावका कारण सुत्केरीको मृत्यु भएलगत्तै अस्पताल सञ्चालकसहित सबैजना राति नै भोगेपछि मृतकका आफन्त र स्थानीयले अस्पताल तोडफोड गरेका छन् ।
अस्पतालको मुख्य गेटमै रहेको फार्मेसीमा रहेका औषधि, फर्निचरलगायतका सामग्रीहरू फाल्दै सटरभित्र हालिएको सिसा तोडफोड गरिएको छ । मृतकको शव अस्पतालको तेस्रो तलामा रहेको शल्यक्रिया कक्षमा ताला लगाएर राखिएको छ । अस्पताल परिसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । नवजात शिशुको आइसियूमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
शल्यक्रिया गरेको ठाउँबाट टाँका फाटेपछि पुनः दोस्रो शल्यक्रिया गर्दा खातुनको मृत्यु भएको थियो ।
वर्षौँसम्म नवीकरण नगरी अवैध रूपमा चलाइएका निजी अस्पताल र पोलिक्लिनिकहरू रकम असुल्न बधशाला बन्दै गएको मानव अधिकारकर्मी राजकुमार राउत कुर्मी बताउँछन् । उनले भने, ‘उपचारको नाममा लापरबाही गरी मान्छे मार्ने अस्पताल र पोलिक्लिनिकहरूविरुद्ध कानुनी कारबाही नहुँदा मान्छे मारिँदै छन् ।’
सिराहामा विभिन्न ठाउँमा अवैध ढंगले सञ्चालित अस्पताल र पोलिक्लिनिकहरूले ठूलठूला बोर्ड झुन्ड्याएर एमर्जेन्सी सेवा, डिजिटल एक्सरे, प्रयोगशाला, विशेषज्ञ सेवाको नाममा अप्ठ्यारोमा रहेका बिरामी र उनका आफन्तलाई ठगिरहेको मानव अधिकारकर्मी कुर्मीको भनाइ छ ।












