२०८२, ६ चैत्र शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धनुषामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु



जनकपुर । मोटरसाइकल ठक्करबाट एक बालिकाको ज्यान गएको छ । सोमबार धनुषाको बटेश्वर गाउँपालिका वडा नम्बर २ मा ज ११ प १५१९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्कुल जाँदै गरेकी बालिकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा बटेश्वर गाउँपालिका वडा नम्बर २ काविष्णुदेव ठाकुरका ६ वर्षीया छोरी आरती रहेको धनुषा प्रहरीले जनाएको छ ।

ठक्कर दिने मोटरसाइकल चालक श्रीप्रसाद ठाकुरलाई प्रहरीले नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रकाशित मिति : २०७७, ८ मंसिर सोमबार ००:००  १२ : ०६ बजे